बिहीबार, वैशाख ६, २०८१

साताको सेयर बजार : अर्ब पनि पुगेन कारोवार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दसैंको लामो बिदापछि खुलेको सेयर बजार उतारचढावपूर्ण अवस्थामा नै रही बन्द भयो। चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्यो।
 
धितोपत्र बजारमा यस साता कूल १६० कम्पनीको सेयर कारोवार भए। कूल ३२ लाख ८७ हजार ९६६ कित्ता शेयर रु ८० करोड ७५ लाख ५६ हजार ६१२ मूल्यमा खरिद-बिक्री भए। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो। सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन।
 
सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो। कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरिद-बिक्री भए।
 
मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो। कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख ६ हजार ६३१ मूल्यमा कारोवार भयो।
 
बुधबार नेप्से परिसूचक पाँच अंकले ओरालो लाग्यो। नेप्से ५.०१ अंकले घटेर एक हजार १३७.०३ मा पुग्यो। स्टकका अनुसार आज कूल १५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता सेयर १९ करोड ६६ लाख १८ हजार ९३६ रूपैयाँमा खरिद-बिक्री भए।
 
साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो। सो दिन नेप्से परिसूचक ०.७१ अंकले बढेर एक हजार १३७.७५ मा पुग्यो। स्टकका अनुसार सो दिन कूल १६० कम्पनीका ९ लाख ९८ हजार कित्ता सेयर १८ करोड २९ लाख ९४ हजार ९०५ रूपैयाँमा खरिद-बिक्री भए। स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९४६ कित्ता शेयर लाभांश सूचीकृत भए।
 
बजार पूँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा छ। यस्तै, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्डट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एसिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दसमा छन्।
 
८२ कम्पनीको कारोवार रोक्का

नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोवार स्थगित गरेको जनाएको छ। स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बीमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोवार स्थगित गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्