शनिबार, वैशाख ८, २०८१

१५ एसपी जसले न्यायको गुहार सुनेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले भिन्नभिन्न विषयवस्तुका समाचारलाई प्राथमिकतामा राखेका छन्। 

नयाँ पत्रिकाले १२ वर्ष ः १५ एसपी जसले न्यायको गुहार सुनेनन् शिर्षकमा रौतहट घटनालाई लिएर समाचार प्रकाशन गरेको छ भने कान्तिपुरले पनि रौतहट घटनालाई नै लिएर न्यायको अन्तहीन पर्खाइ शिर्षकको समाचारलाई प्रकाशन गरेको छ। यस्तै अन्नपूर्ण पोष्टले भने शुक्रबार सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज गर्ने गरेको निर्णयलाई प्राथमिकतामा राखेको छ। नागरिकले पनि यसै विषयको समाचारलाई प्राथमिकता दिएको छ।

अन्नपूर्ण लेख्छ, रौतहट जिल्लाको राजपुर नगरपालिका (साविकको राजपुर फरहदवा गाविस ४) ४ मा २०६४ चैत ७ गते संविधान सभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लगाएको बम विस्फोटमा घाइते भएका २० जनाभन्दा बढीलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन्। 

घाइते भएकालाई सुई लगाई बेहोस बनाएर जिउँदै इँटाभट्टमा हालेर सामूहिक हत्या गरिएको १२ वर्षमा रौतहटमा प्रहरी प्रमुखको रुपमा १६ जना एसपी पुगेका छन्। घटनालगत्तै प्रहरीले उजुरीसमेत लिन मानेन। जिल्ला सरकारी वकिलको कार्यलय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे। सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो। तर, पटकपटक ताकेता गर्दा पनि प्रहरी हाकिम सर्वोच्चको आदेशको सम्मान होइन आलमको संरक्षणमा लागिरहे।  

पक्राउ गरि मुद्दा चलाउन सर्वोच्चले आदेश दिएपनि प्रहरीले उनलाई छोएको थिएन। यो १२ वर्षमा रौतहट प्रहरीको कमाण्ड सम्हाल्न १६ जना एसपी जिल्ला गए। तर, १५ एसपी फेरिँदासम्म अनुसन्धानमा कसैले पनि अग्रसरता देखाएनन् उल्टै आलमको संरक्षणमा लागे।

घटना भएको बखत जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख थिए एसपी लक्ष्मण न्यौपाने। मानवअधिकार आयोग, बार एसोसिएसन र इन्सेकको प्रतिवेदन मात्र होइन मृतकका आफन्तका अनुसार जिल्ला प्रहरीको तत्कालिन नेतृत्व दोषीलाई पक्राउ गर्न होइन, घटना लुकाउन र आलमलाई सहयोग गर्न मात्र जुटिरहे।

यसैबीच प्रहरीले बम विस्फोटमा घाइते भएका तर उपचार पाएको आलमका एक विश्वास पात्रलाईसमेत पक्राउ गरेको छ। जसले घटनालाई लुकाउन सहयोग गर्दै आएका थिए। प्रहरीले उनी बलियो प्रमाण हुन सक्ने बताएको छ। उनको शरीरमा लागेको घाउको प्रहरीले परिक्षण गर्ने भएको छ।

घटनापछि फेरिएका एसपी

लक्ष्मण न्यौपाने, जयबहादुर चन्द, घनानन्द भट्ट, पीताम्बर अधिकारी, घनश्याम अर्याल, ठूले राई, महेशविक्रम शाह, गोविन्द परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, प्रद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, केदार ढकाल, भूपेन्द्र खत्री (हालसम्म)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।