काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ भारत प्रस्थान गरेका छन्। उनी भारतीय आई लिग खेल्न शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनी साउनमा आई लिग क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका थिए। फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहीबार स्वदेश फर्किएका किरण शुक्रबार बिहान त्यसतर्फ लागेका हुन्।
भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो। किरणले सन् २०१७र१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए। त्यस सिजन पन्जाबले आई लिग जितेको थियो। यस सिजन भने पन्जाब अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
१९ खेल खेलेको पन्जाबले चार खेलमा जित, पाँच खेलमा बराबरी र १० खेलमा हार व्यहोर्दै १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। अब किरण विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४