शुक्रबार, वैशाख ७, २०८१

यी हुन् पक्राउ परेका 'विप्लव' कार्यकर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - विस्फोटक पदार्थ र हतियारसहित पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समूहका २१ जनाको नाम सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा विप्लवका दाइसमेत छन्। 

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
उक्त स्थानमा विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नामावली -
  • चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज तथा विप्लवका दाजु
  • केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
  • रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
  • सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
  • यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
  • प्रदीप वली – जिल्ला सेक्रेटरी
  • बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
  • सुनिल पौडेल– वुद्धिजिवी
  • एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य)
  • धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
  • तिलक पुन (पूर्व जनमुक्ति सेना)
  • सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
  • हितप्रसाद रोका –पार्टी सदस्य
  • पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
  • दलबहादुर खत्री
  • अमित घर्ती मगर
  • बालकृष्ण शर्मा
  • जीत क्षेत्री
  • रमेश आचार्य
  • बिष्णु थापा
  • कुलबहादुर ओली
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।