शुक्रबार, वैशाख १४, २०८१

उपचार भन्दै गुम्बामा वर्षौदेखि यौनशोषण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कान्तिपुर दैनिकले गुम्बा चालाएर वर्षौदेखि युवतीहरुको यौनशोषण गर्ने लामालाई जेल पठाइएको विषयलाई मुख्य समचार बनाएको छ ।

दक्षिणकाली चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका छिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एंवम् शरिर बन्धक राखि युवतीमाथि करणी गरेको ठहर गर्दै उच्च अदालत पाटनले ७ वर्ष जेल सजायको फैसला गरेको हो । फैसलापछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको छ ।
 
यस्तै कान्तिपुरले मृगौला तस्करीको आरोपमा निदान अस्पतालका सिईओ, कानुन अधिकृत, चिकित्सक, गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत अधिकृत र मृगौला किन्ने व्यक्ति पक्राउ परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले पनि निदान अस्पतालमा भएको मृगौला तस्करीको विषयलाई मुख्य समाचार बनाएको छ । एउटा देखाएर अर्कैको प्रत्यारोपण, तीन लाखमा मृगौला शीर्षकमा खबर छापेको छ ।  

यस्तै नेकपाका सांसद् पार्वत गुरुङलाई ज्यानमार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरिएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले गरिबी निवारणमा अर्बौं लगानी, अझै विपन्न छन् एक चौथाइ नागरिक शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै उसले कानुन बनाउने सांसद्हरु नै धमाधम पक्राउ पर्न थालेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले भने आलम आतंक शीर्षकमा मुख्य समाचार छापेको छ। १२ वर्षपछि आलम पक्राउ परेपछि १५ जनाको इलाका प्रहरी कार्यालयमा ९० प्रहरी खटाइएको समाचारमा उल्लेख छ ।
 
यस्तै राष्ट्रपति शीतलनिवासबाट हेलिकोप्टरमा विमानस्थल गएपनि सडकमा सर्वसाधरणले सास्ती खेप्नु परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। राष्ट्रपतिलाई बिदाइ गर्न गएका उपराष्ट्रपतिका लागि खालि गराइएको सडकका कारण सर्वसाधरणले सास्ती खेप्नु परेको थियो । 

उपचार भन्दै यौनशोषण

कान्तिपुरमा प्रकाशित समाचारअनुसार धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । 

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । 

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । 

उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

ट्रेकिङ व्यवसायी टुल्कु बनेपछि...

ट्रेकिङ व्यवसायी ज्ञानबहादुर लामा एकाएक नाम परिवर्तन गरेर रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा बनेका थिए । आफूमा भगवान्को अवतारको बास भएको भनी उनले सुरुमा काठमाडौंको गैरीधारामा झारफुक लगायतका काम गरे । 

भक्तले दिएको चन्दा र भेटी संकलन गरी दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा स्थापना गरे । उनले त्यहीँबाट आफ्नो नियमित कर्म जारी राखे ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम (परिवर्तित नाम) लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्‍याए । प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए । 

कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । फर्पिङ प्रथमले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे ।

आफूलाई धर्मगुरु बताउने टुल्कु लामाले ‘अरू कसैलाई भने क्षति हुन्छ, रोग बल्झन्छ’ भनी उनलाई डर देखाउँथे । उपचारका लागि गुरुसँग यौनसम्पर्क राख्नुपर्छ भनी आश्वस्त पार्थे । 

उनले आफू गुरु भएको र गुरु ३३ कोटी देवताको अवतार भएको भन्दै आफ्नो वाणी पुग्ने विश्वास दिलाएका थिए । लामा रिसाए अनिष्ट हुने डर र त्रासमा आफूले सो कुरा अरूलाई नभनेको भनी पीडितले जाहेरीमा भनेकी थिइन् ।

 ती लामाले फर्पिङ प्रथमलाई गुम्बामा बस्दा बाहिर निस्कन, परिवारसँग सम्पर्क गर्न र अरू पुरुषसँग कुराकानी गर्न दिँदैनथे । फर्पिङ प्रथमले लामो समयको शारीरिक तथा मानसिक यातना सहन नसकी २०७३ सालमा आमासँग कुराकानी गरिन् र गुम्बा छाडी घर फर्किइन् ।

पीडितले प्रहरी र त्यसपछि अदालतमा दिएको बयानअनुसार उनी घर फर्केपछि टुल्कु लामाले परिवारका सदस्य, नातेदारलगायतलाई बारम्बार फोन गरी उनका बारेमा जथाभावी बोल्ने गर्थे । बिहेको कुरो चल्न थालेपछि पहिले नै खिचिएका केही आपत्तिजनक अवस्थाका फोटो फेसबुकमा पोस्ट गर्न थाले ।

अति नै हुन थालेपछि फर्पिङ प्रथमले ‘धर्म र उपचारका नाममा आफ्नो वशमा पारी शारीरिक र मानसिक शोषण गर्ने ढोंगी धर्मगुरु दोर्जे योन्तान योञ्जन टुल्कु लामालाई आवश्यक कारबाही गरिपाऊँ’ भनी २०७४ मंसिर ५ गते प्रहरीमा किटानी जाहेरी दिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।