कतार - कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ।
कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला/बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो आग्रह गरेको हो।
नेपाली समुदायबाट कतारको प्रचलित कानूनविपरितका गतिविधि भइरहेको भन्दै स्थानीय प्रशासनले दूतावासको ध्यानाकर्षण गराएको थियो। दूतावासले स्थानीय सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन गर्न नेपाली समुदायमा सूचित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४