शनिबार, वैशाख ८, २०८१

नेपालमा ४३ प्रतिशत बालबालिका कुपोषणको शिकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालका ५ वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुट्का, ख्याउटे, वा उमेरभन्दा बढी मोटा भएको तथ्यांक सार्वजनिक भएको छ।

युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ६ महिनादेखि दुई वर्षसम्मका झण्डै ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन्। यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाई मात्र छ। 

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले पछिल्लो दशकमा प्राविधिक, सांस्कृतिक र सामाजिक विकासमा लाग्दा सबैभन्दा आधारभूत विषय बालबालिकाको खानाको विषयलाई विर्सेको बताए।

फोर भन्छन्, ‘करोडौं बालबालिका अस्वस्थ खानामा बाँचिरहेका छन् किनभने उनीहरुसँग राम्रो खानाको छनोट छैन। हाम्रो पोषणको बुझाइ बदल्नुपर्ने भएको छः पोषण बालबालिकाले पर्याप्त मात्रामा खान पाउने मात्र नभई सही खाना खाने पनि हो। यो आजको हाम्रो साझा चुनौती हो।’ विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको फोर बताउँछन्। 

द स्टेट अफ द वल्र्डज चिल्ड्रेन, चिल्ड्रेन फुड एण्ड न्युट्रेसनले विश्वमा पाँच वर्षमुनिका तीन जना बालबालिका मध्ये एकजना अर्थात २० करोड भन्दा धेरै बालबालिकामा कम पोषण वा अधिक पोषणको शिकार भएको जनाएको छ। 

६ महिनादेखि दुई वर्ष उमेरका बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्युसमेत हुने जोखिममा राखेको छ।

युनिसेफको तथ्यांक अनुसार नेपालमा ११ लाख बालबालिका पुड्का अर्थात होचा छन् भने झण्डै २ लाख ९० हजार बालबालिका ख्याउटा अर्थात् दुब्ला छन्। त्यस्तै  ३६ हजार बालबालिका बढी तौलका रहेको तथ्यांकमा छ।

प्रतिवेदनले बालबालिकाको जीवनको शुरुवाती दिनबाट नै कमसल खानाको अभ्यास शुरु हुने गरेको चेतावनी दिएको छ। स्तनपानले जीवन जोगाउन सक्ने भए पनि, नेपालका ६६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण स्तनपान गराइन्छ भने नवजात शिशुहरुलाई फर्मुला खुवाउने चलन बढ्दै गइरहेको छ। 

३८ प्रतिशतले फलफूल खान पाउँदैनन् 

६ महिना पुगेपछि बालबालिकालाई खुवाइने गलत खानेकुराले कुपोषणको अवस्था निम्त्याएको फोर बताउँछन्। सामान्यतया ६ महिना पुगेपछि बालबालिकालाई नरम वा ठोस खानेकुरा खुवाउन शुरु गरिन्छ तर धेरै बालबालिकालाई शुरुमै गलत खानेकुरा खुवाउन शुरु गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधिमा कुनै फलफुल वा तरकारी खान पाउँदैनन्। त्यस्तै दुई तिहाइ बालबालिकाले अण्डा, माछा वा मासु खाँदैनन्।

२९ गुणाले मोटोपना बढ्यो 

नेपालमा, बालबालिका र किशोरकिशोरी (५ देखि १९ वर्ष) मा हुने मोटोपना पछिल्लो चार दशकमा २९ गुणाले बढेको छ। हाल नेपालमा यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपन छ। बढी तौल र मोटोपन आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ। आर्थिक रुपले सम्पन्न र शहरका परिवारहरुमा मोटोपना हुने सम्भावना धेरै रहेको देखिएको छ।

त्यस्तै विश्वमा सन् २००० देखि २०१६ सम्मको अवधिमा ५ देखि १९ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको छ। अहिले यो उमेरका ५ मध्ये १ बालबालिका र किशोरीकिशोरीमा मोटोपन देखिएको छ। सन् १९७५ को तुलनामा, यो उमेर समूहका बालिकाहरु १० गुणा र बालकहरु १२ गुणा मोटोपनबाट प्रभावित हुने गरेका छन्।

युनिसेफको प्रतिवेदनअनुसार, सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सीमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ। सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाइरहेका छन्।

कुपोषणको बढ्दो संकटलाई सम्बोधन गर्न युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई निम्न उपायहरु अवलम्बन गर्न आह्वान गरेको छ।

१. अस्वस्थ खानेकुराको माग घटाउन पोषण शिक्षा सुधार गर्ने र कानूनको प्रयोग गरी परिवार, बालबालिका र किशोरकिशोरीलाई पोषिलो खानाको माग गर्न सशक्त बनाउने। 

२. स्वस्थ र उपयुक्त खानाको प्रावधानलाई प्रोत्साहन गर्दै खाद्यपदार्थ उत्पादक र आपुर्तिकर्तालाई बालबालिकाको हितमा काम गर्न लगाउने।

३. सही र बुझ्न सजिलो हुने लेबलको प्रयोग गर्दै र अस्वस्थकर खानेकुराको बजारीकरणमा कडा नियन्त्रण गर्दै बालबालिका र किशोरकिशोरीका लागि स्वस्थ खाद्य वातावरण सिर्जना गर्ने।

४. स्वास्थ्य, खानेपानी तथा सरसफाई, शिक्षा र सामाजिक सुरक्षाजस्ता सहयोगी संयन्त्रको परिचालन गरी सबै बालबालिकामा पोषणको प्रतिफल विस्तार गर्ने।

५. कार्ययोजनालाई मार्गदर्शन गर्न र प्रगति विश्लेषण गर्न उच्च स्तरीय तथ्यांक र प्रमाणको संकलन, विश्लेषण र प्रयोग गर्ने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।