बुधबार, वैशाख १२, २०८१

तीनकुनेको दुबो जोगाउन सशस्त्र प्रहरी परिचालन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला सजाइएको तीनकुनेका  बिरुवा र दुबो जोगाउन सशस्त्र प्रहरी परिचालन गरिएको छ।

राष्ट्रपति सी भ्रमणको पूर्व सन्ध्यामा रातारात तयार पारिएको तीनकुनेको बगैंचाका फूल र दुबो जोगाउन उक्त क्षेत्रमा सशस्त्र प्रहरीको ३० जनाको टोलीले पहरा दिइरहेको छ। 

सशस्त्र प्रहरीको विपद् उद्धार गण, सिनामंगलबाट बगैंचा जोगाउनका लागि जुनियर अधिकृतको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी खटाईएको गणपति, सशस्त्र प्रहरी उपरीक्षक विश्वेश्वर थापाले जानकारी दिए। 

“राज्यको सम्पती सुरक्षा गर्नु हाम्रो दायित्व हो”, थापाले भने, “ठूलो लगानी गरेर त्यहाँ दुबो र फूलका बिरुवा रोपिएको छ,  हाम्रो गण नजिकै भएकाले त्यसको सुरक्षाको जिम्मा हाम्रो हो।” 

सधैं सुख्खा र फोहोर रहने चौरको वरिपरी माटोको ढिस्को बनाएर त्यसमाथि एकाएक बगैंचा तयार भएपछि अचेल  तीनकुने हेर्न जानेहरुको भिड लाग्ने गरेको छ। 

सशस्त्र प्रहरी उपरीक्षक थापाले हेर्न आउनेहरुले फोटो खिच्ने क्रममा जथाभावी हिँडिदिंदा  बिरुवा र दुबोमा क्षति पुग्न थालेपछि अरु कुनै निकायले संरक्षणको जिम्मा नलिँदासम्म सशस्त्रले सुरक्षा दिने बताए । 

उनी आफैं पनि दिनको एक पटक तीनकुने क्षेत्रको निरीक्षणमा जाने गरेका छन् । 

दुबो जोगाउन किला

सरकारले हरियाली देखाउन तीनकुनेका तीनवटा लाईनमा हतार–हतारमा रोपेको दुबोको चपरी खस्किन थालेपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि किला ठोकेर अड्याउन थालेको छ। 

महानगरका एक कर्मचारीका अनुसार दुबो र बिरुवा जोगाउन महानगरले बिहान र बेलुका गरी दिनहुँ ६ टयांकर पानीले सिचाईँ गरिरहेको छ । यद्यपि, अहिले त्यहाँ रोपिएका बिरुवा र दुबो सुक्न थालेको छ ।

वरिपरी दुबो र फूल रोपेर बगैंचा जस्तो बनाइए पनि तीनकुनेको मध्यभागको भने कुनै व्यवस्थापन गरिएको छैन ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।