काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको विदेश मामिला विभागले चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणका बारे समीक्षा गरेको छ। मंगलबार आयोजना गरिएको समीक्षा कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी भएको र नेपालको समग्र विकासमा भ्रमण कोशेढुंगा सावित हुने निष्कर्ष निकालिएको छ।
बैठकमा विभागका प्रमुख माधवकुमार नेपालले भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए।
यस्तै सो कार्यक्रममा विभागका उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मातृका पौडेलले भ्रमणका विविध पाटामा आफ्ना विश्लेषण प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४