काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.०८ अंकले बढेर एक हजार १४२.०४ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.०५ विन्दुले बढेर २५०.२२ मा पुगेको छ।
नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ। कूल १५१ कम्पनीको ७ लाख ६५ हजार ८ सय ९७ कित्ता सेयर २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा कारोवार भयो। स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै सकारात्मक देखिएका छन्। सबैभन्दा बढी होटेल उपसमूहमा ०.९७ प्रतिशतको वृद्धि देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४