काठमाडौं- सर्वाेच्च अदालतले दोषी ठहर गरेको साढे ७ वर्षपछि पक्राउ परेका पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद् मोहम्मद आफताब आलमलाई जिल्ला अदालत, रौतहटले ७ दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी कार्यालय, रौटहटले आलमको म्याद थपका लागि मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो।
२०६९ जेठ १६ गते सर्वाेच्च अदालतले पहिलो संविधानसभा निर्वाचनका बेला भएको बम कान्डमा आलमसहित ५ जनालाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि उनी पक्राउ पर्न सकेका थिएनन्।
पहिलो संविधानसभाको निर्वाचनमा बुथ कब्जाका लागि घरमा बम बनाउने क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएपछि घटना लुकाउन आलमले गम्भीर घाइते १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर हत्या गरेको अदालतको ठहर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४