बिहीबार, वैशाख १३, २०८१

पूर्वमन्त्री आलमलाई जिल्ला अदालत लगियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रौतहटको राजपुर फरहदवाबाट आइतबार बिहान पक्राउ परेका पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत, रौतहटमा पेस गरिएको छ।

सर्वाेच्च अदालतले आलमलाई पहिलो संविधानसभा निर्वाचनका बेला बम कान्डमा घाइते १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर हत्या गरेको ठहर गरेको थियो ।  

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्न उनकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटना लुकाउन गम्भीर घाइते १३ जनालाई आलमकै निर्देशनमा नजिकैको इँटाभट्टामा जलाएर हत्या गरिएको थियो। उनीले घटनाको प्रमाणसमेत नष्ट गरेको अदालतले ठहर गरेको छ। 

बम विस्फोटबाट गम्भीर घाइते दुईजना नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। तर, प्रहरीले आलमविरुद्ध जाहेरी दिन मानेन। त्यसपछि मारिएका युवाका अविभावकले कारवाहीको माग गदै सर्वोच्च अदालतमा रिट दिएका थिए। 

न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। अदालतको आदेशपछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। 

पक्राउसँगै उनको सांसद् पद निलम्बन भएको छ। 

गत आइतबार प्रहरी मुख्यालयको टोलीले उनलाई रौटहटको राजपुर फरहदवास्थित निवासबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय, रौटहटको आलमलाइ प्रहरीले १५ म्याद थपका लागि जिल्ला अदालतमा पेश गरेको एसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।