काठमाडौं - हत्या अभियोगमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन्। संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो।
रौतहट क्षेत्र नं. २ बाट निवार्चित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४