शुक्रबार, वैशाख ७, २०८१

जनकपुरमा तरकारीको मूल्य आकासियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा तरकारीको मूल्य आकासिएको छ।

उपभोक्ताका अनुसार अहिले अधिकांश तरकारीको मूल्य दोब्बर बढेको छ। कतिपयको त तेब्बरभन्दा बढी मूल्य बढेको उपभोक्ताको गुनासो छ। 

केही दिनअघिसम्म प्रतिकेजी ३०-४० रूपैयाँमा पाइने भान्टाको अहिले १२०-१५० रूपैयाँ पर्ने गरेको छ। यस्तै, प्रतिकेजी ४५-५० रूपैयाँमा पाइने गोलभेडाको अहिलेको बजार मूल्य १५० रूपैयाँ छ।
यस्तै, काउली, मुला, लौका र रायोको सागको मूल्य पनि दोब्बर बढेको उपभोक्ता बताउँछन्।  अहिले काउली प्रतिकेजी १८०-२०० रूपैयाँ, मुला प्रतिकेजी १०० रूपैयाँ, लौका प्रतिकेजी १२०-१५० रूपैयाँ, रायोको साग प्रतिकेजी १०० रूपैयाँमा किनबेच भइरहेको छ। 

मूल्य अकासिएपछि उपभोक्ता मारमा परेका छन्।

स्थानीय रामबहादुर साह तरकारीको मूल्य बढेकाले मजदुरी गर्ने र सामान्य जागिरेले तरकारी किन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘पाँच सय रूपैयाँको तरकारीले दुई छाक पनि पुग्ने अवस्था देखित्र,’ उनी भन्छन्, ‘धात्रै नसक्ने गरी तरकारीको मूल्य बढ्दा पनि कसैले चासो देखाएका छैनन् ।’  

जनकपुर-२ की ममता पण्डित तरकारीको मूल्य अचाक्ली बढेपछि भान्साको बजेट मिलाउनै समस्या भएको दुखेसो पोख्छिन्। ‘कित्रै नसक्ने गरी तरकारीको मूल्य बढ्दासमेत सम्बन्धित निकायले नियन्त्रणमा चासो देखाएका छैनन्,’ उनले भनिन्। 

बजार अनुगमन र मूल्य नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिँदा चाडपर्वको मौका छाेपी व्यापारीले मूल्य बढाएकाे उपभोक्ताको गुनासो छ। यस क्षेत्रमा तरकारीको मूल्यमा एकरूपता समेत नभएको उपभोक्ता बताउँछन्।  

तर, व्यापारी भने भारतीय बजारबाट आयात गरिएका तरकारी राख्ने कोल्ड स्टोर नहुँदा मूल्य वृद्धि भएको दाबी गर्छन्। 

तरकारीको मूल्य अकासिएपछि कतिपयले सीमापारि पुगेर तरकारी खरिद गर्न थालेका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।