काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण र प्रतिनिधिसभाको सभामुख चयनबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेताद्वयबीच छलफल भएको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जनाएका छन्।
छलफलमा चिनियाँ राष्ट्रपति सी भ्रमणका विषयमा समीक्षा गरिएको छ। राष्ट्रपति सीलाई औपचारिक धन्यवाद ज्ञापन गर्ने तयारी पनि नेकपाको छ।
यसैगरी, कृष्णबहादुर महरा यौनदुराचार काण्डमा प्रहरी हिरासतमा रहेपछि सभामुख चयनका विषयमा पनि छलफल भएको छ। छठलगतै संघीय संसदको अधिवेशन बोलाउने तयारी छ।
अधिवेशन बोलाउनुअघि नै सभामुख र उपसभामुखका विषयमा टुंगो लगाउने विषयमा नेताद्वयबीच छलफल भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४