बिहीबार, वैशाख १३, २०८१

साढे २१ घण्टे बसाइमा के सन्देश छाडेर गए सी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
शनिबार अपरान्ह नेपाल आएका सी साढे २१ घण्टे नेपाल बसाई सकेर स्वदेश फर्किएका छन् । उनले यसअवधि उच्चस्तरिय भेटवार्ता र महत्वपूर्ण सम्झौता तथा घोषणा गरेका छन् । आजका पत्रपत्रिकाले यसै विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
कान्तिपुर दैनिकले नेपाल–चीन अब रणनीतिक साझेदार शीर्षकमा मुख्य समाचार छापेको छ भने सीले नेपालमा रेल आउँछ भनि गरेको प्रतिवद्धतालाई उपशीर्षक दिएर छापेको छ । यस्तै चीनसँग भएका सबै सहमति र सम्झौता चिनियाँ अनुदानबाट कार्यान्व्र्यन गरिने भएको विषयलाई पनि कान्तिपुर प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले सम्बन्ध नयाँ उचाइमा शीर्षकमा खबर छापेको छ। उसले प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य रुपमा सफल भएको भनि गरेको दाबीलाई पनि उल्लेख गरेको छ ।
 
नागरिक दैनिकले बिआरआई समृद्धिको साझा आधार शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले भव्य भ्रमणः उष्कृष्ट सन्देश शीर्षकमा खबर लेखेको छ  ।
 
यो विषयबाहेक आजका पत्रपत्रिकाले नेपाली कांग्रेसका सांसद् मो अफताब आलम पक्राउ परेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । उनी १२ वर्षअघि बम विस्फोट गराएको र जलाएर व्यक्तिको हत्या गरेको आरोपमा आइबार प्रहरी पक्राउ गरेको हो । 

नेपाल-चीन अब रणनीतिक साझेदार

कान्तिपुरमा प्रकाशित समाचारअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण संकेत छाडेको छ । 

दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्ने’ अडान दोहोर्‍याएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएका छन् । 

सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल-चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको छ ।

साझेदार बन्न सकिने सूत्र भनेर राष्ट्रपति सीले ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ को प्रस्तावनालाई दह्रिलो रूपमा विभिन्न बहुपक्षीय समझदारीमार्फत अघि बढाएका छन् ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल निकै महत्त्वको छिमेकी हो भनेर चीनले बाहिरी विश्वलाई देखाएको छ,’ पूर्वराजदूत केदारभक्त माथेमाले सी भ्रमणको मूल्यांकन सुनाउँदै भने, ‘कतैबाट पाइने सहयोग रकम अथवा सम्झौताका बुँदाभन्दा पनि आफ्ना लागि नेपाल महत्त्वपूर्ण छ भन्ने चीनको यो सन्देश आफैंमा ठूलो कुरा हो ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक स्थिरतासँगै नेपाल बाहिरी विश्वमा ‘देखिँदै र सुनिँदै गएको’ उदाहरणका रूपमा चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणलाई लिन सकिने प्रतिक्रिया दिए । 

‘चिनियाँ राष्ट्रपतिको भ्रमणसँगै नेपाललाई विकास र समृद्धिको भरपर्दो प्रतिबद्धता प्राप्त भएको छ,’ ज्ञवालीले भने, ‘अब हामीले प्रतिबद्ध भएर समृद्धिको दिशामा अघि बढ्ने समय आएको छ ।’

सडक, बन्दरगाह, नाका, हवाई सम्पर्क र रेलवे सञ्जालमार्फत विकास-समृद्धिको अभियानलाई अघि बढाउने राष्ट्रपति सीको घोषणालाई तात्कालिक होइन, दीर्घकालीन रूपमा अर्थपूर्ण मान्नुपर्ने चीन मामिलाका जानकार मदन रेग्मीले बताए । 

‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु नै यो युगको महत्त्वपूर्ण घटना हो,’ उनले थपे, ‘नेपाललाई विकास र समृद्धिको रणनीतिक साझेदार बनाउने भन्ने चिनियाँ प्रतिबद्धताले हाम्रो मैत्री र सम्बन्धको पुनर्व्याख्या भएको छ । अझ नेपाललाई दक्षिण एसियाको गेट-वे बनाउने भनेर आएको चिनियाँ धारणा कूटनीतिक अर्थमा उत्तिकै महत्त्वपूर्ण छ ।’

१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । त्यसयता उनी दुईपटक संसद् सदस्यमा प्रतिस्पर्धा गरिसके । २०७० मा हारे र २०७४ मा जिते ।

सर्वोच्चको आदेश फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पक्रन पटक–पटक आदेश दिँदै आएको थियो । पद र सत्ताको प्रभावमा उनी बच्दै आएका थिए ।

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित आलम आइतबार बिहान पिप्राभगवानपुरमा पक्राउ परेका हुन् । भारतीय नम्बरको बीआर ०६ पिई १२०२ नम्बरको गाडीमा उनी वैवाहिक कार्यक्रममा जाँदै थिए । गौर–चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकै प्रहरीले समातेको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।

२०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो । 

राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।

अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

सर्वोच्चको आदेशअनुसार आलमलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । अन्य आरोपी फरार छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।