शनिबार, वैशाख ८, २०८१

कांग्रेसको चियापानमा ओली ‘कुल’, प्रचण्ड निराश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दशैं, तिहार र छठको अवसरमा नेपाली कांग्रेसले लामो समयदेखि चियापान कार्यक्रम गर्दै आएको छ।

चियापानमा विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तिहरु पनि सहभागी भई शुभकामना लिने तथा दिने गरेका छन्।

कांग्रेसको चियापानको सिको नेकपाले पनि गर्दै आएको छ। कांग्रेसको चियापानको परम्परालाई आफूहरुले पनि अंगीकार गरेको नेकपाकै नेता माधव नेपालले बताए।

आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेकपाका शीर्ष सबै नेता सहभागी भए।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एयरपोर्टमा बिदाई गरी कांग्रेसको चियापानमा पुगेका थिए।

ओली चियापान कार्यक्रममा पुग्दा उनी निकै प्रसन्न देखिन्थे। 

चियापान कार्यक्रमको मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै गएर ओली बसे।

देउवासँग कानेखुशी गरे। एक छिनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई भाषण गर्ने मञ्चमा लगे।

ओलीले शुभकामना दिए। दशैंतिहारको महिमा सुनाए। र, एक दिनको लागि ‘जय नेपाल’ भन्दै विदा भए।

सञ्चारकर्मीहरुले कांग्रेससँगको असहमतिका विषयमा प्रश्न गर्दा ओलीले बोलेनन्। राष्ट्रपति सीको विषयमा पनि बोलेनन्।

ओलीले मञ्चमा भाषण गरिरहँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगिसकेका थिए।

तर, प्रचण्डको अनुहारमा न खुशी थियो न प्रसन्नता। उनी निरास देखिन्थे। 

प्रचण्ड पनि भाषण गर्न मञ्चमा गए। गिरिजाप्रसाद कोइराला र आफूले गरेको १२ बुँदे सम्झदारलाई सम्झे।

दशैंतिहारको शुभकामना दिँदादिँदै प्रचण्डले नेपालकै राजनीतिमा तरंग ल्याउने खालको वक्तव्य दिए।

कांग्रेसको कार्यक्रममा आउँदा आफ्नो सहयात्रीकोमा आएको महसुस भएको बताउँदै प्रचण्डले भने, ‘हेर्दै जाउँ राजनीतिले कसरी कोल्टो फेर्छ?’

कांग्रेससँग विगतमा पनि सहकार्य भएको सम्झिदै प्रचण्डले भने, ‘कांग्रेससँग पहिले पनि सहकार्य भएको हो। फेरि पनि हुन सक्छ।’

प्रचण्डले मञ्चमा यति भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मुस्कुराउँदै थिए। तर, मञ्चमै रहेका अन्य नेताहरु भने रिसाएको जस्तो देखिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।