काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणका क्रममा ५० जनाभन्दा बढी पक्राउ परेका छन्।
शनिबार र आइतबार गरी बौद्ध भिक्षुसहित ५० जनाभन्दा बढी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
शनिबार राष्ट्रपति सीको आगमन अघिसम्म ३० जनाभन्दा बढी पक्राउ परेका थिए भने साँझ र आइतबार विहान गरी २० जनाभनदा बढी पक्राउ परेका छन्।
‘फ्रि तिब्बत’ आन्दोलनमा संलग्न भिक्षुहरूले प्रदर्शन गर्न सक्ने भन्दै बौद्ध क्षेत्र तथा विभिन्न गुम्बा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४