शुक्रबार, वैशाख ७, २०८१

सीको घोषणा- अब नेपाल भूपरिवेष्ठित रहन्न 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयलाई मुख्य समाचार बनाएका छन् ।

शनिबार अपरान्ह नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्तासमेत गरिसकेका छन् ।

यस्तै शनिबार नै राष्ट्रपति भण्डारीले सीको सम्मानमा रात्री भोजको समेत आयोजना गरेकी थिइन् । उक्त अवसरमा सीले केहि महत्वपूर्ण घोषणा गरेका छन् । यसैलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।
 
कान्तिपुर दैनिकले राष्ट्रपति सीको प्रतिबद्धता, भूपरिवेष्ठितबाट भूजडित बन्न सघाउँछौं शीर्षकमा व्यानर न्यूज छापेको छ ।

यस्तै नागरिक दैनिकले नेपालको विकासमा चीन साझेदार शीर्षकमा मुख्य समाचार लेखेको छ भने नेपाल अब भूपरिवेष्ठित रहन्न शीर्षकमा अन्नपूर्णले खबर छापेको छ । नयाँ पत्रिकाले भने सुरुङमा सुरुवात रेलमा अध्ययन शीर्षकमा खबर लेखेको छ ।
 
‘नेपाल अब भूपरिवेष्ठित रहन्न’

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्।
 
चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए।

‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताए।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार पनि अर्को पाटोको रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने उनको धारणा थियो। उनले सुविधाजनक र रणनीतिक सहकार्य, रेलमार्ग, अरनिको राजमार्गको विकास, सुरुङदेखि सडकमार्ग हुँदै काठमाडौं जोड्ने योजनालगायतले आफू खुशी भएको पनि बताए।

उनले हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाउने पनि बताए। अधिकतम नाका र पुराना सडकको स्तरोन्नतिमा जोड दिने पनि उनले बताए। यसले दुई मुलुकका जनताबीचको सहकार्य बढ्ने पनि बताएको अन्नपूर्णले लेखेको छ  ।
 
सुरुङमा सुरुवात, रेलमा अध्ययन

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।
 
करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् ।
 
काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आइतबार सहमति हुँदै छ । सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो हुनेछ ।
 
त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ । २० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ ।
 
समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु हुनेछ । आइतबार उच्चस्तरीय वार्तामा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
 
चिनियाँ राष्ट्रपति सीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै, राष्ट्रपति सीले तीन वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन् । राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले सहयोग घोषणा गरेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।