बिहीबार, वैशाख १३, २०८१

सीलाई राष्ट्रपति भण्डारीले गरिन् स्वागत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दुई दिने नेपालको राजकीय भ्रमणका लागि शनिबार काठमाडौं पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

शनिबार अपरान्ह काठमाडौं पुगेका सीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेकी हुन्। 

सीको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनालगायत विमानस्थल पुगेका थिए। 

सीको सम्मानका लागि नेपाली सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।  

राष्ट्रपति सी आज भारतको भ्रमण सकेर एयर चाइनाको जेट विमानमा काठमाडौं आएका हुन्। उनी राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल आएका हुन्।

मणका क्रममा राष्ट्रपति सीले नेपालका समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सम्झौता र सहमतिपत्रमामा हस्ताक्षरसमेत हुने बताइएको छ। 

उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।