मंगलबार, वैशाख ११, २०८१

सीको स्वागतमा आइतबार सार्वजनिक बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनपिङको स्वगतमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।
 
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणलाई केन्द्रित गरेर आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सी आज (शनिबार) नेपाल आउँदै छन् । उनी भोली (आइतबार) दिउसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ। 

सीको भ्रमणको सुरक्षालाई केन्द्रित गरेर सरकारले सार्वजनिक विदा दिएको हो ।  राष्ट्रपति सीको भ्रमणलाई केन्द्रमा राखेर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । 

विमानस्थलदेखि सोल्टी होटल र त्यहाँदेखि राष्ट्रपति कार्यालयसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै अग्ला घरहरूमा शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ। सीको सवारीका बेला हेलिकोप्टरबाट समेत गस्ती गरिनेछ। 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउदा, विमस्टेक र सार्क शिखर सम्मेलन हुँदा पनि सार्वजनिक विदा दिइएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।