बिहीबार, वैशाख १३, २०८१

राष्ट्रपति सी, तपाईंलाई नेपालमा हार्दिक स्वागत छ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
उदीयमान विश्व महाशक्ति जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङ आज नेपाल आउँदैछन्। विगत २३ बर्षपछि नेपालको उत्तरी छिमेकी राष्ट्रबाट उच्च स्तरको राजकीय भ्रमण हुनु स्वागतयोग्य कुरा हो। राष्ट्रपति सीलाई नेपालमा हार्दिक स्वागत छ।

वितेका २३ बर्षलाई मात्र सर्सरी हेर्ने हो भने राजनीतिक परिवर्तनको हिसाबले नेपालको स्थिति एक ठाउँमा छ भने आर्थिक रुपान्तरणको हिसाबले जहाँको तहीँ छ। तर चीनको आर्थिक संवृद्धि र प्राविधिक विकास भने नेपालले कल्पना समेत गर्न नसक्ने स्थितिमा छ।

२३ बर्षपछि हुन लागेको चिनीयाँ राष्ट्रपतिको भ्रमणको वेला नेपालले गंभिरतापूर्वक नेपाल–चीन संबन्धको यो परिवर्तित आयामलाई बुझेर चीनसँग 'डिल' गर्नुपर्नेछ। 

अझ अगाडि बढेर भन्ने हो भने चीनको परिवर्तित आयाम आर्थिक र प्राविधिक क्षेत्रमा मात्र सीमित छैन। वैचारिक तहमा समेत चिनीयाँ विशेषताको 'प्रजातन्त्र'प्रति पश्चिमा उदार लोकतन्त्रका हिमायतीहरुले समेत सकारात्मक टिप्पणी गर्न सुरु गरेका छन्। खासगरी उदार लोकतन्त्रको बढ्दो संकट र जनस्तरसम्म त्यसले 'डेलीभरी'मा पारेको प्रभावलाई लिएर बहसहरु सुरु भएका छन्। 

संसारभरि नै उदार लोकतन्त्र प्रतिरक्षात्मक हुँदै गर्दा चीनको राजनीतिक प्राधिकार, शक्तिको केन्द्रिकरण तथा राज्य नियन्त्रित पूँजीको प्रभावले 'डेलीभरी'लाई अत्यन्त द्रुत व्यवस्थापन गरेको छ। यसले गर्दा आन्तरिक विवादलाई न्यूनीकरण गर्न सक्यो भने उदार लोकतन्त्रको प्रतिष्पर्धामा चिनीयाँ विशेषताको 'प्रजातन्त्र' अगाडि आउँदै गरेका टिप्पणीहरु हुन थालेका छन्। एशिया, अफ्रिका र ल्याटिन अमेरीकी राष्ट्रहरुमा यसको खास प्रभाव पनि देखिन थालेको छ। 

यसको अर्थ के हो भने नेपालले विश्वशक्तिका अन्य खेलाडि राष्ट्रहरुमध्ये चीनलाई अलग विशेषतासहितको खेलाडिको रुपमा हेर्नु आवश्यक हुन्छ। चीनको वास्तविक चरित्र र विशेषतालाई बुझेर मात्र नेपालले चीनसँग आर्थिक तथा प्राविधिक फाइदा लिन सक्नेछ। जुन कुरा अहिलेसम्म हुन सकिरहेको छैन। 



नेपालको लागि आजको चीन एउटा असल छिमेकीको साथसाथै उदीयमान विश्व महाशक्ति पनि सँगसँगै हो। चीनसँग नेपालको संबन्ध पनि यसै विशेषतासँग तादाम्य रहँदै अगाडि बढ्नेछ। चीनको विकशित विशेषतासँग साक्षात्कार नभइकन राखिएको नेपालको अपेक्षा या त अधिक वा न्यून हुन सक्छ। 

यसै प्रशंगसँग जोडिएको अर्को महत्वपूर्ण कुरा के हो भने दक्षिण एशियाका अन्य ससाना राष्ट्रहरुको तुलनामा नेपालमा चीनको आर्थिक सहयोग न्यून छ। यसको मुख्य कारण बदलिदैं गएको चीनको वृहत्तर भूमिकाको तुलनामा चीनप्रतिको नेपालको भूमिका सर्वथा पूरातन र परम्पराको निर्वाहमा मात्र सिमित छ। यसलाई नयाँ तहमा उकास्न सकिएन भने फेरि पनि चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको ल्याएको र भव्य स्वागत गरेको विषयलाई मात्र उपलब्धिमा गणना गर्नुपर्ने हुन्छ। 

नेपालले चीनलाई स्वागत गर्दा अर्को विचारणीय पक्ष भारतसँगको संबन्ध पनि हो। आजभन्दा २३ बर्ष अगाडिको इतिहासलाई हेरेर नेपालले भारत र चीनसँग समान प्रकारको छिमेकी संबन्ध मात्र स्थापित गर्न सक्तैन। किनकि भारतको तुलनामा चीन विश्व महाशक्तिको दौडमा धेरै अगाडि पुगिसकेको छ।

र, भारतले समेत चीनसँग दीर्घकालीन रणनीति अनुरुप संबन्ध स्थापित गरिरहेको छ। नेपालले पनि चीनसँगको वर्तमान संबन्धलाई परिभाषित गर्दा भारतसँगको संबन्धलाई समेत नयाँ तह र विश्वासमा परिभाषित गर्नुपर्ने हुन्छ। 

छिमेकीहरुको आर्थिक र सामरिक हैसियतमा उल्लेख्य परिवर्तन आएपछि वाध्यतावश नेपाल पनि परिवर्तित हुनैपर्छ। अन्यथा नेपालले दुवै छिमेकीसँग लिन सक्ने भरपुर फाइदा गुमाउने कुरा त छँदैछ, नयाँ जोखिममा समेत पर्न सक्छ। भूराजनीतिमा आएको शुक्ष्म परिवर्तनलाई बुझ्ने र तदनुसार आफुलाई तयार राख्ने मामिलामा नेपाल सधैं कमजोर रहँदै आएको छ। अब नेपाल बदलिनु पर्छ। 

भर्खरै बेइजिङस्थित एउटा चिनीयाँ टेलिभिजनमा भारतबाट प्रकाशित हुने 'द हिन्दु' दैनिकका सहसंपादक अतुल जनेजाको प्रश्नको उत्तर दिदैं 'चाइनिज स्कूल अफ सोसल साइन्सेज' का रिशर्च फेलो झाओ हाईले भनेका छन् 'दक्षिण एसियाली मुलुकहरुमा चीन र भारत दुवै मुलुकको सभ्यता र संस्कृतिको प्रभाव रहेको नेपाल एउटा विशेष चरित्रको सामाजिक स्वरुप भएको मुलुक हो। त्यहाँ भारत वा चीन एक्लैले प्रभाव राख्न खोज्दा चीन र भारतको समेत द्वन्द निम्तिने परिस्थिति बन्न सक्छ।'

यहाँ झाओ हाईको अवधारणा आउला नै भन्ने होइन। तर भारत र चीनको बीचमा हुने यस्ता बौद्धिक विमर्शहरुमा समेत नेपालको धारणा के हो भन्ने बारेमा द्धिविधा छ। चीन र भारत मिलेर 'नेपाल प्रभाव'लाई बाँडिचुँडी गरिरहँदा नेपालको स्वप्रभाव भने गुमिरहेको देखिन्छ। कतै विश्व महाशक्तिको दौडमा सामेल विशाल छिमेकीहरुले लिपुलेकमा जस्तै नेपालको मामिलालाई समेत द्धिपक्षीय सहमतिमा नसल्टाउन् भन्ने कुरामा नेपाल सजग रहनैपर्छ। 

शक्तिशाली चिनीयाँ महामहिम राष्ट्रपति सीलाई नेपालमा स्वागत छ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।