काठमाडौं- सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा इन्द्रावती गाउँपालिका-९ की जुनादेवी लम्साल, मेलम्ची नगरपालिका-१३ का गणेश तामाङ, बाह्रविसे नगरपालिका-७ का समिता श्रेष्ठ, इन्द्रावती-१० की सुनिता पुर्कोटी, सोही ठाउँका सुवास अधिकारी र मीना मगर छन्।
दुर्घटनामा काभ्रे, बनेपा घर भएका बसचालक केदारनाथ महाजु, पाँचखाल नगरपालिका-६, काभ्रेकी संगीता पुर्कोटी, इन्द्रावती-९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती-१० का रितेश आचार्यको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको बस सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा ज्यान गएको थियो। दुर्घटनामा घाइतेमध्ये २० को अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४