शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रारम्भिक बयानमा महराले भने- रोशनीलाई बलात्कार गरेको छैन

प्रारम्भिक बयानमा महराले भने- रोशनीलाई बलात्कार गरेको छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले रोशनी शाहीलाई बलात्कार नगरेको दाबी गरेका छन्।

सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका महराले शाहीमाथि बलात्कारको प्रयाससमेत नगरेको बताएका हुन्। बिहीबार सरकारी वकिलको कार्यालयमा प्रहरीले महराको बयान लिएको थियो।

बयानका क्रममा महराले शाहीको कोठामा गएको स्वीकार गरेका छन्। शाहीसँग पारिवारिक सम्बन्ध रहेकाले शाहीको घरमा आउने-जाने क्रम रहेको तर बलात्कारको प्रयास नभएको महराले बयान दिएका छन्।

महराको बयान सकिएको छैन । 

संघीय संसद् सचिवालयकी कर्मचारी शाहीले आफूमाथि महराले जबरजस्ती करणीको प्रयास गरेको भन्दै गत असोज १९ गते प्रहरीमा उजुरी दिएकी थिइन्। सोही आधारमा महरा आइतबार पक्राउ परेका थिए।

मंगलबारसम्म प्रहरीले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि महराले हिरासतभित्रै रहेर मुद्दा लड्ने अथवा बाहिरबाट लड्ने विषय टुंगो लाग्नेछ।

बिहीबारको बयानपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।