शुक्रबार, वैशाख ७, २०८१

हामीलाई चीनले झुक्याएको छैन- कार्की

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिवसीय राजकीय भ्रमणमा शनिबार नेपाल आउँदैछन्। उनको स्वागतका लागि काठमाडौं सिंगारिएको छ भने सरकारले तयारी पूरा भएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसँग पनि सीसँगको सहमति–सम्झौताका विषयमा राय लिएका छन्। पूर्वाधार विकासमा लगानी गर्ने गरी सहमतिपत्र पनि तयार भइरहेको सरकारले जनाएको छ।

मुख्यतः सडक, रेल मार्गलगायतका विषयमा सम्झौता गर्ने तयारी सरकारको छ। तर, पूर्वप्रधानमन्त्री तथा विश्लेषकहरुले ऋणमा फस्ने गरी कुनै पनि सम्झौता नगर्न सरकारलाई सुझाव दिएका छन्।
पूर्वप्रधानमन्त्री एव कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतले ऋणमा नफस्न सरकारलाई सुझाव दिएका हुन्। 

यसअघि अमेरिकी अधिकारीहरुले पनि यस्तै सुझाव नेपाललाई दिएका थिए।

चीनका लागि पूर्वराजदूत टंकप्रसाद कार्की भन्छन्, ‘चीनले नेपाललाई ऋणमा फसाउँछ भन्ने मलाई लाग्दैन। यो नेपाली कुनै नेता वा व्यक्तिले बोल्ने कुरा होइन। यो त नेपालीले बोल्ने भाषा होइन। यो अरू कसैले बोल्ने भाषा हो।’

चीनले अहिलेसम्म नेपाललाई झुक्याएको इतिहास नरहेको दाबी गर्दै पूर्वराजदूत कार्की भन्छन्, ‘अहिलेसम्म हामीलाई चीनले झुक्याएको छैन। सधैँ सहयोगी बनेको छ। उदार रुपले सहयोग गर्दै आएको छ। चीनले नेपाललाई डुबाउँछ भन्ने कुरा रंगीन चप्पल लगाउनेहरुको हो।’

लामो समयदेखि चिनियाँ शीर्ष नेतृत्वको भ्रमण नभएको बताउँदै कार्कीले राष्ट्रपति सीको भ्रमणलाई उपयोग गर्नुपर्ने सुझाव दिए। सीको भ्रमण नै अर्थपूर्ण रहेकाले यसले नेपाललाई विश्व मञ्चमा पनि सहयोग गर्ने कार्कीले बताए।
सीको भ्रमणबाट नेपालले मूलतः आफ्नो पूर्वाधार विकास र चिनियाँ लागानी भित्र्याउने अवसरका रुपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।