बुधबार, वैशाख १२, २०८१

नेपालको अस्ट्रेलियासँग फराकिलो हार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियासँगको आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ। एसिया दोस्रो चरणको छनोटअन्तर्गत बिहीबार भएको अवे खेलमा नेपाल अस्ट्रेलियासँग ५-० गोल अन्तरले पराजित भएको हो। 

जीओ मैदानमा घरेलु टोली अस्ट्रेलियालाई जित दिलाउन जामी म्याकलरेनले ह्याट्रिक गर्दा ह्यारी सुटरले दुई गोल गरे। खेलको छैटौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाउन म्याकलरेनले गोल गरे। उनले कर्नरबाट आएको प्रहार गोल पोस्टमा लाग्दै फर्केको बललाई गोलमा परिणत गरेका हुन्। १९ औं मिनेटमा म्याकलरेनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। उनले ¥यान बर्ट ग्रान्टको हेडर पासमा उत्कृष्ट हेडिङ गर्दै गोल गोल गरेका थिए। 

२४ औं मिनेटमा ह्यारीले गोल गर्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए। ह्यारीले क्रेग गुडविनको सोझो कर्नर प्रहारमा हेडरमार्फत् गोल गर्दै अस्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा मार्क मिलिगनले पेनाल्टी क्षेत्र नजिकैबाट गरेको सशक्त प्रहार गोलरक्षक किरण चेम्जोङले सहजै बचाउ गरे। ४१ औं मिनेटमा आरोन मोईले गरेको प्रहारले दिशा दिन सकेन। इन्जुरी समयमा अस्ट्रेलियाले गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्। 

पहिलो हाफमा ३-० को अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५९ औं मिनेटमा ह्यारीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-० को पारे। उनले आरोन मोईको लामो पासका हेडर गोल गरेका हुन्। खेलको अन्तिम समयमा म्याकलरेनले ह्याट्रिक पूरा गर्दै अस्ट्रेलियालाई ५-० को जित दिलाए। उनले ज्याक्सन इर्भिनको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

पहिलो हाफको पूरै समय दबाबमा देखिएको नेपालले अस्ट्रेलियाको पोस्टमा प्रहार गर्न सकेन। तर, दोस्रो हाफमा नेपाल केही आक्रमक देखिए पनि अस्ट्रेलियाको पोस्टमा प्रहार गर्न सकेन। दोस्रो हालमा नेपालले एक मात्र आफ टार्गेट प्रहार गरेको थियो। यता, अस्ट्रेलियाले भने नेपालको पोस्टमा बारम्बार प्रहार गरिरहँदा  गोलरक्षक किरण चेम्जोङले केही उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए। 

विश्वकप छनोटअन्तर्गत नेपालको यो दोस्रो हार हो। यसअघि पहिलो खेलको कुवेतसँग ७–० ले पराजित भएको नेपालले चाइनिज ताइपेसँग २–० को जित निकालेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।