शनिबार, वैशाख ८, २०८१

रोकिएन खसीबोकाकाे अवैध आयात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart


भैरहवा - सीमावर्ती क्षेत्र भैरहवामा मूल भन्सार छलेर यसपटक पनि खसीबोका भित्रिएका छन्। भगवानपुर, सेमरपानी, मर्चवार र कालिदह नाकाबाट सयौंको संख्यामा स्वास्थ्य परीक्षण नगरिएका खसीबोका भित्रिएका हुन्। 
सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवा (सूचना संकलक) सँग मिलेर खसीबोका व्यपारीले साइकल, मोटरसाइकलमार्फत दिउँसै खसीबोका नेपाल भित्र्याइरहेका छन्। जिउँदो खसीबोकाका अतिरिक्त केही व्यपारीले सीमापारि सुनौलीमा काटेका बाख्रा (छेकडी) तथा भेडाको मासुसमेत बोरामा हालेर एकाबिहानै सीमावारिका मासु पसलमा छाड्ने गरेका छन्।

नेपाल सरकारले स्वास्थ्य प्रमाणपत्र नभएका खसीबोका आयातमा रोक लगाएपछि फागुनयता एउटा पनि खसीबोका नेपाल भित्रिएका थिएनन्। तर असोज पहिलो साता कृष्णनगर भन्सारबाट स्वास्थ्य प्रमाणपत्र प्राप्त १ सय ५० खसीबोका भित्रिएका थिए। त्यसयता उक्त नाकाबाट जम्मा ४ हजार ३ सय २२ खसीबोका भित्रिएका छन्। 

बेलहिया नाकाबाट १ सय ९८ खसीबोका नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गान्धी उपाध्यायले बताए।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावलीअन्तर्गत रहेर विदेशबाट खसीबोका आयात गर्दा स्वास्थ्य प्रमाणपत्रलाई पशु क्वारेन्टाइनले अनिवार्य गरेपछि फागुनयता नेपालमा खसीबोका भित्रिएका थिएनन्।

त्यसअघि भारतबाट नेपाल भित्राउने खसीबोकाको सीधै क्वारेन्टाइन हुने गर्दथ्यो। तर ०७५ फागुनयता भारत सरकारले जारी गरेको स्वास्थ्य प्रमाणपत्र नभएसम्म क्वारेन्टाइन नगर्ने नियम कडाइ भएपछि खसीबोका आयात ठप्प भएको हो।

दसैंको मौका छोपी व्यापारीहरुले खसीको मूल्यमा पनि मनोमानी गरेका छन्। दोकानैपिच्छे मूल्य फरक भेटिएको छ। खसीको मासु अधिकांश पसलले ९ सय रुपैयांँ प्रतिकेजीमा बिक्री गरिरहेका छन्। मासु व्यवसायी संघले खसीको मूल्य प्रतिकेजी ८ सय ४० र कुखुराको ३ सय ४० कायम गरेको थियो। 

व्यापार घट्यो
भैरहवाको जनकपथमा रहेको न्यू सुपर मासु पसलले यस वर्ष ३ वटा मात्रै जिउँदो खसी बिक्री ग¥यो। उक्त पसलले गत वर्ष ८० वटा जिउम्दो खसी बिक्री गरेको थियो। पसलका सञ्चालक जाकिर हुसेनले भने, ‘मासुको खासै व्यपार भएन। तर ग्राहकले जत्ति खोजे पनि हामी तयारी अवस्थामा थियौं।’ हुसेनले भारतबाट खसीबोका नआएपछि दाङको ग्रामीण क्षेत्रमा पुगेर खसीबोका ल्याएका बताए। 
जिउँदो ६ सय र काटेको मासु प्रतिकेजी साढे आठ सयमा बिक्री गरेका हुसेनले काटेको मासु भने सन्तोषजनक रुपमा बिक्री भएको बताए। उनले च्यांग्राको मासु प्रतिकेजी २५ सयका दरले बेचेको बताए।
भैरहवामा खसीको व्यापार गर्ने २९ वटा पसल रहेका छन्। प्रत्येक पसलले कम्तीमा १० वटा खसी काटेर बेचेको रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष इजहार मुसलमानले बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।