शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, निःशुल्क डेलिभरी दिने दाबी

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, निःशुल्क डेलिभरी दिने दाबी

डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ। विगत ८ महिना नै ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएको डोरमिट डटकम औपचारिक रूपमा सञ्चालनमा आएको हो। कम्पनीले कोरोना महामारीका कारण औपचारिक रूपमा सञ्चालनमा ल्याउन ढिलाई भएको जानकारी गराएको छ।

triton college

डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको बताए। हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरूले ग्राहकलाई चित्त बुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको उनले बताए। 

‘अहिले धेरै इकमर्स प्लेटफर्म छन्। तर, उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्’, सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफर्म चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपश्चात, उपभोक्ताकै सुझावका आधारमा डोरमिट डटकम सुरु गरेका हौं।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत सापकोटाले जानकारी दिए। 

डोरमिट डटकममा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि बिलासिताका बस्तुसम्म गरी १५ हजार भन्दा बढी सामान अर्डर गर्न सकिने  कम्पनीले जानकारी दिएको छ।

corrent noodles
Metro Mart

हाल सञ्चालनमा रहेका इ–कमर्स साइटहरुले अर्डर डेलिभरी गर्न ४–५ दिन लगाउने गरेको र चर्को डेलिभरी शुल्क असुल्ने गरेकोमा डोरमिट डटकमले भने काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिइरहेको छ। 

कम्पनीले विभिन्न चाडपर्व र दिवसहरुको अवसरमा विभिन्न अफर घोषणासँगै डोरमिट डटकमबाट सामान अर्डर गर्ने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली ग्राहकलाई विभिन्न आर्कषक उपहारसमेत प्रदान गर्दै आएको छ।

हालसम्म ३ हजार बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ। 

अन्य इ–कमर्स साइटभन्दा सस्तोमा र गुणस्तरीय सामान खरिदको सुविधा, छिटो र निःशुल्क डेलिभरी सेवा, सहजरुपमा सामान फिर्ताको सुविधाजस्ता कारणले गर्दा डोरमिट डटकम प्रतिको आम उपभोक्ताको आकर्षण र विश्वास बढ्दै गएको कम्पनीको भनाई छ। 

डोरमिट डटकमको सेवा विस्तारै देशैभर विस्तार गर्ने र डिजिटल नेपालको सरकारको सपनामा योग्दान पुर्‍याउने गरी काम गर्दै जाने कम्पनीको उद्देश्य रहेको छ।

प्रकाशित: Aug 30, 2021| 12:18 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्