काठमाडौं- पाँच देशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टिम ओमानविरुद्ध खेल्दैछ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा दिउँसो ३ः१५ मा खेल सुरु हुनेछ।
नेपाल ओमानविरुद्ध जित निकालेर सुखद अन्त्य गर्ने तयारीमा छ । ओमान भने ओमान नेपालमाथि जित हात पार्दै उपाधि कब्जा गर्न चाहन्छ।
ओमान प्रतियोगिताको एक मात्र अपराजित टिम हो। ओमान अहिलेसम्मका सबै (तीन) खेल जितेर ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। नेपाल भने ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। नेपालले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। आयरल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४