बिहीबार, वैशाख ६, २०८१

जनकपुरमा रावणवध र लंका दहन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - विजया दशमीको अवसर पारेर जनकपुरमा रावणवध कार्यक्रमको आयोजना गरिएको छ।

रावणवधका साथै विजया दशमीको अवसरमा प्रतिकात्मक रुपमा लंकादहनसमेत गरिएको छ। विजय दशमीको अन्तिम दिन मंगलबार साँझ रावणस्वरुपी प्रतिमा निर्माण गरी रावणवध कार्यक्रमको आयोजना गरिएको हो।

१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान रामले असत्यमाथि विजय प्राप्त गरेको खुसीयालीमा जनकपुरमा रावणवध कार्यक्रम हुँदै आएको छ। स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो ६ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलो पटक लंकादहन गरिएको हो।

विगतको वर्षझैं यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणस्वरुपी प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ। प्रतिकात्मक रुपमा तयार पारिएका मानवरुपी भगवान रामले रावणवध र हनुमानले लंकादहन गरेका थिए।

रावणवध कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भगवान रामको जीवन संघर्षका साथ अगाडि बढेको स्मरण गराउँदै संघर्षपछिको फल मिठो हुनेगरेको बताए। रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान रामले बध गर्नुपरेको मेयर साहले बताए।

विजया दशमीमा हरेक वर्ष जनकपुरमा यो कार्यक्रम हुँदै आइरहेको छ। यस अवसरमा नागरिक समाज, बुद्धिजीवि, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

यसअघि भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत ६ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ। गंगासागर र धनुषसागर पोखरीको बीचमा हुने रावणवध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।