मंगलबार, वैशाख ४, २०८१

जनकपुरमा प्लास्टिकमुक्त अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - जनकपुरमा प्लास्टिकमुक्त अभियान सुरु गरिएको छ। प्लास्टिकले निर्मित झोलालगायतका सामाग्रीका कारण वातावरणीय प्रदूषण बढेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले स्वच्छता अभियानअन्तर्गत प्लास्टिकमुक्त अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत उपमहानगरपालिका कार्यालयले पछिल्लो दुई दिनमा १० हजारभन्दा बढी कपडाको झोला वितरण गरेको छ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा राम मन्दिर, राजदेवी मन्दिरलगायतको क्षेत्रमा व्यवसायीले प्रयोग गर्ने प्लास्टिकको झोला लिएर कपडाको झोला वितरण गरिएको छ।

स्वच्छता अभियानअन्तर्गत व्यवसायीका साथै पूजाआजा गर्न पुगेका श्रद्धालुबाट समेत प्लास्टिकको झोला लिई प्रदुषणमुक्त कपडाको झोला वितरण भएको छ।

चाडपर्वका बेला व्यवसायी र उपभोक्ताले झोलाको बढी प्रयोग गर्ने भएकोले प्लास्टिकबाट हुने वातावरण प्रदूषण रोक्न कपडाको झोला वितरण गरिएको मेयर साहले बताए् । अभियानअन्तर्गत प्रदूषणरहित झोला वितरण गरिएको उनको भनाइ छ ।

आइतबार राजेदेवी मन्दिर, राम मन्दिर क्षेत्रमा प्रदुषणमुक्त झोला वितरण गर्ने क्रममा जनकपुरका मेयर साहका साथै नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथ प्रसाद शाह, उपमहानगरपालिकाका पदाधिकारी, जनकप्रतिनिधिलगायतको सहभागिता थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।