बिहीबार, वैशाख १३, २०८१

जनकपुरमा भित्र्याइयो फूलपाती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम
दसैंको सातौं दिन जनकपुरस्थित राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याइएको छ। शनिबार बिहान राजदेवी मन्दिरमा हिन्दु धार्मिक परम्पराअनुसार बेल तोडेर फूलपाती भित्र्याइएको हो।
फूलपाती भित्र्याउनुअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो। राजदेवी मन्दिरमा फूलपाती भित्र्याउनुपूर्व सलामी दिने परम्परा छ।

राम मन्दिरका महन्त राम गिरी वैष्णवको नेतृत्वमा बाजागाजसहित श्रद्धालुहरुको लावालस्कर बेलको रुख नजिक पुगेर बेल तोडेको थियो। राम मन्दिरभन्दा करिब एक किलोमिटर पर रहेको मारवाडी सेवा समिति परिसरबाट बेल तोडेर फूलपाती भित्र्याइएको राजदेवी मन्दिरमा पूजा संयोजन गर्दै आइरहेको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए।

फूलपाती भित्र्याउने कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, नागरिक समाज, युवा क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतासहित श्रद्धालुको उल्लेख्य संख्यामा सहभागिता थियो।

यसैगरी राजदेवी मन्दिरसहित जनकपुरको रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, राजदेवी चोक, रजौललगायतका स्थानमा भइरहेको दसैं पूजाघरमा समेत धुमधामका साथ फूलपाती भित्र्याइएको छ।
दसैंको सातौं दिन सप्तमीमा जनकपुरसहित वरिपरिका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भीड देखिएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।