काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले भने, " समाजमा भगवानको अस्तित्व स्वीकार नगर्ने बढ्दो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढ्दै गएको हो। तसर्थ सनातन धर्म र संस्कृतिको रक्षा गरौं।"
थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा , आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भुमिका खेल्ने विचार व्यक्त गरे। भगवान सङ्ग डर नहुँदा अन्याय ,अत्याचार बढेको भन्दै थापाले चाडपर्वहरुलाई मितव्ययी ढंगले आपसि सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए।
धर्म, संस्कृती र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दसैं बिदालाई सदुपयोग गर्नसमेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे। गत निर्वाचनमा पार्टीको पराजयलाई "इख" को रुपमा लियर काम गर्नुपर्नेमा जोड दिँदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४