काठमाडौं– तीन पटक गिनिज बुक अफ दी वल्र्डमा नाम लेखाईसकेका पार्कर खेलाडी दिनेश सुनार समावेशी इङ्करेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने क्रममा नेपाली पार्कर खेलाडी दिनेश पनि सम्मानित भएका हुन्।
दिनेश आगामी वर्ष २०२० मा अमेरिकामा आयोजना हुने युएसए गड ट्यालेन्ट इभेण्टमा सहभागी जनाउँदै चौथो पटक विश्व रेकर्ड राख्ने तयारीमा छन्।
भक्तपुर सागास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४