बिहीबार, वैशाख ६, २०८१

नयाँ मोडमा महरा-रोशनी प्रकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले कृष्णबहादुर महरा प्रकरण लगायतका विविध विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले नयाँ मोडमा महरा प्रकरण शीर्षकमा मुख्य समाचार छापेको छ। उसले अधिक भारका कारण नौबिसे नागढुंगा सडकखण्डको देब्रे लेन नटिक्ने गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
कान्तिपुर दैनिकले पनि महरा प्रकरणलाई नै मुख्य समाचार बनाएको छ । उसले रोशनीले नबताएको कथा शीर्षकमा खबर लेखेको छ । यस्तै टिकट नपाएकै कारण खाडीमै दसैं मनाउन बाध्य भएकाहरुको कथालाई प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा शीर्षकमा मुख्य समाचार छापेको छ। नेपाल भारतबीचको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणलीमा जोडिन लागेको विषय पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ । 

अन्नपूर्ण पोस्ट् बाबुराम र विप्लव सत्तारुढ नेकपाकै गाडी चढ्दै आएको खुलासा गरेको छ । पार्टी छाडेर गएका अन्य दलका ११ नेताले नेकपाको गाडी प्रयोग गर्दै आएको समाचारमा उल्लेख छ ।
 
यस्तै चिनियाँ राष्ट्रपतिलाई जेड प्लस सुरक्षा दिइने विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । सडक विस्तारको काम आधामै अलपत्र बनाएर जनतालाई दुःख दिएको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ । 

नयाँ मोडमा महरा प्रकरण

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। 

प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड देखिएको हो।

पति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन।

उक्त प्रकरणलाई लिएर प्रहरीले सबुद प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्। प्रहरीले सबुद प्रमाण संकलन गरेर राखे पनि उनले उजुरी नदिएकाले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन। 

पीडितले उजुरी नदिएपछि अनुसन्धान गर्न अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ। संकलित सबै सबुद सुरक्षित रहेको प्रहरीको भनाइ छ । ‘हामी जुनसुकै बेला अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकारण प्रमाणहरू सुरक्षित राखिएका छन्।’

महरासम्बद्ध दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले उनलाई अनुशासनको कारबाही गर्ने संकेत गरे पनि प्रक्रिया अघि बढाइसकेको छैन। उनको चरित्रमा दाग लागेपछि बसेको नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्।

उनले पार्टीको निर्देशनसमेत उल्लंघन गरेका कारण उनीमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे कार्यकर्ताले चासोसमेत राखेका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले तयारी तीव्र पारेको छ । 

राष्ट्रपति सी २५ असोज (१२ अक्टोबर) मा नेपाल आउने समयतालिकामा गृहकार्य भइरहेको छ । यसअघि २७ असोजमा आउने भनिए पनि पछिल्लो समय दुई दिनअघि नै आउने योजना बनेको छ । सरकारी निकायहरूले गोप्य रूपमा यसको तयारी गरिरहेका छन् । भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सोझै समन्वय गरिरहेको स्रोतले जनाएको छ ।  

‘सुरक्षा, सडकको व्यवस्था, बसोवासको प्रबन्धलगायत सबै विषयमा प्रधानमन्त्रीज्यूले नै प्रत्यक्ष समन्वय गरिरहनुभएको छ,’ जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘सम्बद्ध सबै निकायले प्रधानमन्त्रीसँगै समन्वय गरिरहेका छन् । अत्यन्त गोप्य रूपमा भ्रमणको तीव्र तयारी भइरहेको छ ।’ 

राष्ट्रपति सीको भ्रमणका क्रममा रेलमार्गदेखि ट्रान्समिसन लाइनसम्मका एजेन्डा तय भएका छन् । भौतिक पूर्वाधार, ऊर्जा तथा वाणिज्य मन्त्रालयले ती एजेन्डा अर्थ तथा परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् । यद्यपि एजेन्डाबारे औपचारिक रूपमा सरकारी निकायबीच नै छलफल भएको छैन । 

नेपाल चीन समबन्धका जानकार पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दूरगामी महत्वको रेलमार्गलाई नेपालले विशेष जोड दिनुपर्ने बताए । ‘केरुङबाट काठमाडौं मात्र होइन, लुम्बिनीसम्मको रेलमार्गमा जोड दिनुपर्छ जसले नेपाल दक्षिण एसिया र चीन जोड्ने पारवहन बिन्दु बन्न सक्छ, यो दीर्घकालीन रूपमा नेपाललाई फाइदाजनक छ,’ श्रेष्ठले 
भने ।

बाबुराम र विप्लव नेकपाकै गाडीमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार  गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। 

नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा. भट्टराईसम्मले प्रयोग गरिरहेका छन्।

अन्नपूर्णले प्राप्त गरेको उक्त अभिलेखअनुसार माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः माओवादी केन्द्र नै ब्युँताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, प्रवक्ता हरिभक्त कँडेल र इन्द्रमोहन सिग्देल, राजनीतिक जीवन छोडेर दाङमा कृषि पेसा अंगालिरहेका लोकेन्द्र विष्ट मगर, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, हिसिला यमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली र खडकबहादुर विश्वकर्माले चढिरहेका गाडी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।