काठमाडौं - घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करणको मिति सार्वजनिक गरिएको छ। प्रतियोगिता फागुन ३ देखि १५ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने आयोजक धनगढी क्रिकेट एकेडमीले जानकारी दिएको छ।
सिटी बेस फ्रेन्चाईजको आधारमा प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ। आयोजकले आउँदो सिजलनाई अझ भव्य र वृहत बनाउने बताएको छ। अघिल्लो सिजनको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो। विजेता अत्तरियाले ३० लाख पाएको थियो। प्रतियोगिताबारे थप जानकारी आगामी दिनमा दिइने आयोजकले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४