बिहीबार, वैशाख ६, २०८१

नेपाल सिरिजको उपाधिबाट बाहिर  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो लिगका अन्तिम खेलमा सिंगापुरसँग अंक बाँडेको छ। 

खेल वर्षाले प्रभावित पारेपछि टससमेत नभएको खेलमा दुबै टोलीले एक एक अंक बाँडेका छन्। यससँगै नेपाल सिरिजको उपाधिबाट बहिरिएको छ। 

लिगका अन्तिम खेलमा जिम्बाब्वेले सिंगापुरलाई पराजित गरे नेपाल फाइनल प्रवेश गर्नेछ। यदी जिम्बाब्वे र सिंगापुरबीचको खेल पनि वर्षाका कारण प्रभावित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ। 

नेपाल आफ्नो पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरविरुद्ध ९ विकेटको जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा जिम्बाब्वेसँग ४० रनले पराजित हुँदा उपाधि नजिक पुग्न लिगको अन्तिम खेल जित्नै पर्ने दबाबमा थियो। तर, खेल वर्षाले प्रभावित पारेपछि दुबै टोलीले समान एक एक अंक बाँड्न बाध्य भएका हुन्। 

यसअघि सिंगापुरले जिम्बाब्वेलाई ४ रनले पराजित गरेको थियो। 

नेपाल सिरिजको अंक तालिकामा दोस्रो स्थानमा छ। नेपालको ४ खेलबाट  ३ अंक भएको छ। ३ खेलबाट समान अंक रहको सिंगापुर रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ। जिम्बाब्वे तीन खेलबाट ४ अंक जोड्दै तालिकाका शीर्ष स्थानमा रहेको छ।

अब उपाधि होडमा जिम्बावे र सिंगापुर रहेका छन्। बिहिबार दुई टोलीबीच हुने खेलले सिरिज जित्ने टोलीको तय हुनेछ। डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।