बिहीबार, वैशाख १३, २०८१

‘सी पथ’ होइन ‘जी पथ' : भारतीय नेता विजय सोनकर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  भारतीय जनाता पार्टीका नेता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ (चिनियाँ कम्युनिष्ट पार्टीकोे विचार ) को चर्चा सुनिए पनि महात्मा गान्धीको आदर्श र विचारमा हिंड्नु नै शान्ति, मानवता र स्थायित्वका लागि उपयुक्त हुने बताएका छन्।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार राजधानीको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बीजेपीका प्रवक्ता समेत रहेका सोनकरले असमानता र गरीबीका विरुद्ध तथा विश्ववन्धुत्व कायम गरी मानवताको विकासका लागि गान्धी पथ आवश्यक रहेको बताएका हुन् । 

उनले भने, “गान्धी पथ एउटा अठोट हो, शान्ति र स्थायित्वको मार्ग हो, स्वतन्त्रता र लोककल्याणको उत्तम मार्ग पनि यही नै हो ।”

बनारसका स्थायी वासिन्दा सोनकरले किशोरावस्थामा आफूले थुप्रै नेपालीहरुसँग संगत गरेको प्रसंग उल्लेख गर्दै उती बेला नै सिकेको ‘यो नेपाली शीर उचाली, संसारमा लम्कन्छ’ भन्ने गीत गाएर सुनाएका थिए । 

गीतमा उल्लेख भएको बुद्धको प्रसंग कोट्याउँदै उनले नेपालले शान्ति र अहिंसाको मार्गलाई कहिल्यै पनि विर्सन नहुने बताए ।  

कार्यक्रमका अर्का अतिथि भारतका पूर्व विदेशमन्त्री एवम् कांग्रेस आई नेता सलमान खुर्शीदले गान्धी आफ्नो जीवनकालमा नेपाल आउन नपाए पनि, उनका अनुयायी नेपालमा प्रशस्तै रहेको भन्दै शान्ति र विकासका लागि गान्धीको आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

गान्धीको विचारलाई नयाँ युगमा नवीन तरिकाले व्याख्या गरिनुपर्ने भन्दै उनले गान्धीको विचार हरेक क्षेत्र र समयसापेक्ष हुने भएकाले युवाहरुले पनि यसबारे गहन अध्ययन गर्नुपर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीको आदर्शलाई विश्वले नै पछ्याइरहेको भन्दै उनी विकेन्द्रिकरणका प्रवर्तक रहेको बताए । 
ग्रामिण स्वराज अभियान अन्तर्गत गाउँको विकासमा गान्धीले दिएको जोड अहिलेको बढ्दो शहरीकरणको युगमा सान्दर्भिक रहेको देउवाको भनाई थियो । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।