काठमाडौं- यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि संघीय संसद्को सभामुख पद औपचारिक रुपमा रिक्त भएको छ।
संसद् सचिवालले अब नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउने भएको छ।
संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरी महराको राजीनामा स्वीकृत भएको जनाएको छ। यस्तै सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ।
सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४