बिहीबार, वैशाख १३, २०८१

जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर अञ्चल अस्पतालमा छापा हानेको छ। आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले मंगलबार जनकपुर अञ्चल अस्पतालमा छापा हानेको हो।

अस्पतालमा विभिन्न उपकरण खरिदसहित अन्य कतिपय शीर्षकमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बताइएको छ।

अख्तियारका बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारको टोली अनुगमनका लागि अस्पताल पुगेको जानकारी दिए।

टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादव, डा.जामुन सिंह, डा.कुलदिप पण्डित, लेखा अधिकृतलगायतका कर्मचारीहरुसँग झण्डै तीन घण्टा सोधपुछ गरेको छ। साथै अख्तियारको टोली अस्पतालको स्टोर शाखामा पुगेरसमेत जानकारी लिएको बताइएको छ।

अस्पतालका महंगा उपरकरणका साथै टेबल, कुर्सीलगायतका फर्निचर खरिदमा अनियमितता भएको भन्दै दर्ता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बुझिएको छ। अख्तियारको टोलीले छानबिनका लागि अस्पतालबाट केही फाइलहरु समेत नियन्त्रणमा लिएको छ।

अस्पतालमा नियमविपरित कर्मचारी भर्ना गरिएको भन्दै पटक पटक विरोध भएको थियो। नियमविपरित भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश सरकारले निर्देशनसमेत दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।