बुधबार, वैशाख १२, २०८१

सभामुख महरा राजीनामा देऊ: साझा पार्टी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  साझा पार्टीले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ । 

प्रतिनिधिसभाका सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले लगाएको बलात्कारको आरोप र हालसम्म प्राप्त सूचनाको गाम्भीर्यलाई हेर्दा उनले तुरून्त राजीनामा दिनु पर्ने साझाले माग गरेको छ । 

साझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सभामुखको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याहउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ।" 

विज्ञप्तिमा अगाडि भनिएको छ, "देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?" 

प्रेस वक्तव्य जस्ताको तस्तै: 

सभामुखमाथि बलात्कारको आरोपबारे

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गंभीर ध्यानाकर्षण भएको छ। घटनाको सत्यतथ्य र विस्तृत विवरण समयक्रममा आउँने नै छ। 

तर हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ। उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।

देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जालारु

एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ। आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ। सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन्।

अर्कोतिर, अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो। यसले संबन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दिर्घकालीन प्रभाव त पार्छ नै। सँगसँगै व्यक्तिसँग जोडिएका संबन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गंभीर आशंका र अविश्वास जन्माउँछ। नागरिकको आक्रोसलाई बढाउँछ।

डा सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मितिस् १४ असोज २०७६
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।