शुक्रबार, वैशाख ७, २०८१

तराई–मधेशमा ‘झिझिया’को रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनएलियै हो
बरहम बाबा झिझिरी पर होहियौ सवार।’


तराई–मधेशको हरेक स्थानमा अहिले यो मैथिली लोकगीत सुन्न सकिन्छ। खास गरेर दशैंमा दूर्गापूजा हुने स्थानहरुमा साँझ र अबेर रातिसम्म साउण्डबक्स र लाउडस्पिकरहरुमा यही गीत बजिरहेको हुन्छ। दशैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ गीत भनिन्छ। 

प्वाल पारिएको तीनदेखि चारवटा गाग्रो। गाग्रोभित्र बल्दै गरेको दिप। र, ती गाग्रो टाउकोमा राखि महिलाहरु झिझिया गीतमा गरिरहेका नृत्यले सबैलाई मन्त्रमुग्ध पारिरहेको हुन्छ। 

भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ। छैटौं सताब्दीदेखि ११ औं सताब्दीसम्मको समय तन्त्रशक्तिको रहेकाले त्यहिबेलादेखि भिझियाको प्रारम्भ भएको जनविश्वास छ। समाजमा तन्त्र विद्या हावी रहेको बेला बोक्सीको टुनामुनाको प्रभाव बालबालिकामा परेको भन्दै त्यसलाई अन्त्य गर्न झिझिया नृत्यको शुरुवात भएको बताइन्छ।

तन्त्र शक्तिद्वारा बालबालिका माथि खतरा बढ्न थालेपछि महिलाहरुले आफ्ना सन्तानलाई जोगाउन यो नृत्यको शुरुवात गरेको जनविश्वास रहिआएको छ। देवी उपासनाको एउटा पक्षको रुपमा लिइने यस नृत्यले तान्त्रिक शक्ति परास्त भएको विश्वास छ।

ब्रह्म स्थान (डिहबार) पुगी मन्त्र सिद्ध गर्ने गरिन्छ भने गीत गाएर देवी र ब्रह्मालाई खुसी पारिन्छ। दशैंमा बज्ने झिझिया गीतमा पनि देवी र ब्रह्माको वर्णन गरिएको हुन्छ।

यस नृत्यमा महिलाहरु तन्त्र शक्तिबाट बच्न घेरा हाल्ने गर्दछन् र बीचमा एक महिला प्वाल भएको गाग्रीमा बलिरहेको दीप राखेर गाग्रीलाई टाउकोमा राखि नाच्ने गर्छिन्। अन्य महिलाहरु गीतको माध्यमबाट बोक्सीलाई गाली गर्ने गर्दछन्। गालीगर्दा बोक्सीले सहन गर्न नसक्ने र महिलाहरुसँग झगडा गर्ने हुँदा बोक्सीको सहजै पहिचान हुने जनविश्वास रहेको प्राध्यापक परमेश्वर कापडी बताउँछन्।

विगतमा ग्रामीण क्षेत्रमा गाइने झिझिया गीत र नृत्य अहिले लोप हुने अवस्थामा पुगेको छ। तर ग्रामीण क्षेत्रमा लोप हुँदै गएको भिझिया नृत्य र गीतलाई सहरी क्षेत्रले जीवन्तता दिने प्रयास गरेको छ। विगतमा ग्रामीण क्षेत्रका महिलाहरु झिझिया गीतमा नृत्य गर्दै घरघर पुग्ने गर्दथे। तर, अहिले यो परम्परा लगभग लोप भइसकेको छ।

दशैंको अवसरमा दुर्गा पूजामा जुटेका जनकपुरका युवाहरुले हरेक साँझ भिझिया नृत्यको आयोजना गर्दै आइरहेका छन्। आधुनिकताको व्यापक प्रभाव रहेपनि सहरी क्षेत्रले झिझियाको लोक परम्परालाई जोगाउने जमर्को कसेको मिथिला नाट्यकला परिषद् जनकपुरका पूर्वअध्यक्ष सुनिल मल्लिक बताउँछन्। दशैंको बेला बज्ने झिझिया गीत र नृत्यले युवा पुस्तादेखि बुढापाका सबैलाई मन्त्रमुग्ध बनाउने गरेको उनको भनाइ छ।

दशैंको बेला गाइने झिझिया गीत र नृत्यको महत्वलाई हेरी कतिपय स्थानमा प्रतियोगितासमेत आयोजना हुँदै आएको छ। दशैंमा पूजा र मेलाका आयोजकले झिझिया नृत्य प्रतियोगिता गराउने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।