मंगलबार, वैशाख ११, २०८१

सडकमै नयाँ नोट सटही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सुन्धाराको छेउ नेपाल एरलाईन्सको अगाडिको पेटी यात्रु प्रतिक्षालयमा नयाँ नोट बोकेर बसेका छन् गहेन्द्र शाक्य।

नत उनी त्यहाँ माग्न बसेका हुन् नत पैँसा बाड्नलाई नै। उनी बसेका छन् त व्यापार गर्नलाई। त्यो पनि पैसाको। मान्छेको बाक्लो ओहोरदोहोर हुने त्यो ठाउँमा उनले सुरु गरेका छन्, नयाँ नोट सहटीको व्यापार। 

दशैं खर्च जुटाउन आफूले केही दिनको लागि यो पेशा अंगालेको शाक्यले बताए। अरु समयमा इलेक्ट्रिसियनको काम गर्ने शाक्यले व्यापारसँगै अरुको भलाइको काम पनि गरिरहेको सुनाए। दशैंको लागि नयाँ नोट साट्न दिनभरी बैंकमा लाईन लागेर बस्न समय नहुनेहरुलाई आफूले व्यापारसँगै सेवा प्रदान गरिरहेको उनको दाबी छ।

नयाँ नोट सटहीको काम उनी ९ प्रतिशतमा गरिरहेका छन्। ‘प्रति एक हजार नयाँ नोट साटेबापत् ९० रुपैँया लिन्छु’ शाक्यले भने, ‘आम्दानी पनि राम्रै भैरहेको छ।’ बैंकको लाईनमा बस्न समय नभएकाहरु पैसा साट्न आउने गरेको उनले बताए। 

उनी नेपाल राष्ट्र बैंकबाट प्रति दिन १८ हजार साटेर फुटपाथमा बस्छन्। लोकन्थलीबाट आउने उनी पैसा साटेर नै दिनकै हजार पन्ध्र सय कमाई गर्छन्।

उनी जस्तै काठमाडौंका विभिन्न सडक छेउमा यसरी नयाँ नोट सटही गर्नेहरुको संख्या उल्लेख्य छ। काठमाडौंका विशेषगरी रत्नपार्क, सुन्धारा लगायतका क्षेत्रमा नयाँ नोट साट्न सडक पेटीभर व्यापारी बसिरहेका छन्। उनीहरुले कसैले ५ प्रतिशत त कसैले १० प्रतिशत सम्ममा नयाँ नोट साटिरहेका छन्।

यतिबेला दशैंको रमझम सुरु भईसकेको छ। नयाँ लुगा लगाउनेदेखि लिएर नयाँ नोट खोज्नेहरुको भिड छ बजारमा। नेपाल राष्ट्र बैंकले असोज १० गतेबाट सर्वसाधारणलाई भन्दै नयाँ नोट सटही गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।