शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाली कांग्रेसले सुरु गर्‍यो पार्टी विभागको नेतृत्वबारे छलफल 

नेपाली कांग्रेसले सुरु गर्‍यो पार्टी विभागको नेतृत्वबारे छलफल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  पार्टी महाधिवेशन भएको चार वर्ष हुँदासमेत नेपाली कांग्रेसले विभागहरुमा नेतृत्वको चयन गर्न सकेको छैन । २८ वटा विभागहरुमध्ये कुनैमा पनि पदाधिकारी चयन हुन सकेका छैनन् । 

विजयकुमार गच्छदारसँगको समायोजन प्रक्रिया पुरा भएसँगै विभागमा पदाधिकारीहरुको टुँगो लगाउनु पर्ने दबाब बढेपछि पार्टी नेतृत्वले छलफलका लागि समूह बनाएको छ।

उपसभापति विमलेन्द्र निधि, बलबहादुर केसी र नविन्द्रराज जोशी संलग्न समूहले कुन आधारमा विभागको टुँगो लगाउने र कस्लाई जिम्मेवारी दिने विषयमा छलफल शुरु गरेको छ।

नेपालसमयसँग जोशीले भने, "विभागहरुका विषयमा छलफल अगाडि बढाएका छौं। यो अनौपचारिक समूह बनाइएको हो। कुन प्रक्रिया अपनाउनेरु नेतृत्व चयन कसरी गर्ने विषयमा छलफल भइरहेको छ।"

२८ वटै विभाग गठनको निर्णय तत्कालै आउने सम्भावना कम रहेको जोशीले जनाए। अहिले छलफल गरेर शीर्ष नेतृत्वलाई बुझाएपछि मात्र गठन प्रक्रिया अगाडि बढ्ने उनले बताए।

१३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिन लागेकोले अब महाधिवेशन केन्द्रीत हुनु पर्ने केही नेताहरुको भनाई रहेको छ। तर सभापति देउवा पक्षले महाधिवेशनका लागि समय थप्ने बताउँदै आएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।