शुक्रबार, वैशाख १४, २०८१

जनकपुरमा दशैं बजार सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- उपभोक्ताहरुको सुविधालाई दृष्टिगत गरी जनकपुरमा दशैं बजार लगाइएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा सस्तो बजारसमेत भत्रे गरिएको दशैं बजार आइतबारबाट सुरु भएको हो।

स्थानीय गोपाल धर्मशालामा एक समारोहकाबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे सँगै यस वर्षको दशैं बजार विधिवत रुपमा सुरु भएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४३ वर्षदेखि जनकपुरमा दशैं बजार लाग्दै आइरहेको छ।

घटस्थापनादेखि अष्टमीसम्म चल्ने दशैं बजारका लागि उपभोक्ताहरु बाटो कुरेर बस्ने गरेका हुन्छन्। बाहिर बजारभन्दा सस्तो मूल्यमा दैनिक उपयोग्य सामग्रीहरु पाइने भएकोले यहाँ उपभोक्ताहरुको व्यापक घुइँचो हुने गरेको हुन्छ।

दशैं बजारमा साबुन, सर्फ, धुप, चिनी, प्लास्टिकका भाडाकुँडा, चियापत्ती, खाने तेललगायतका सामग्रीहरु बाहिर बजारभन्दा सस्तो मूल्यमा उपलब्ध हुने गरेको बजार व्यवस्थापन समितिका सदस्य सचिवसमेत रहेका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले बताए। अन्य वर्ष झैं यस वर्षपनि दशैं बजारमा खरिदकर्ताहरुको भिडभाड रहने उनले विश्वास व्यक्त गरेका छन्।

दशैं बजार व्यवस्थापन गर्न गोपाल धर्मशालाभित्र सय भन्दा बढी स्टल निर्माण गरिएको छ। बजारभित्र विभित्र पसल सञ्चालनका लागि झण्डै एक सय स्टलको व्यवस्था गरिएको स्टल व्यवस्थापन समितिका अध्यक्ष एवं वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जनाए।

यसैगरी दशैं बजारमा बिक्रिवितरणका लागि राखिएको सामग्रीहरुमा गुणस्तरको विशेष ध्यान दिइएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं गुणस्तर समितिका अध्यक्ष जितेन्द्रप्रसाद साहले जानकारी दिए। दशैं बजारमा बिक्रि गरिने सामग्रीको गुणस्तर बाहिर बजारमा बिक्रि हुनेभन्दा थोरै पनि कम नहुने उनले विश्वास दिलाएका छन्।

बजार व्यवस्थापन समितिका अध्यक्ष धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा सम्पत्र भएको उद्घाटन कार्यक्रममा वाणिज्य संघका अध्यक्ष ललिकुमार साह, प्रदेशसभा सदस्य परमेश्वर साह, नेपाली कांग्रेसका नगर सभापति मनोज साह, वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाशचन्द्र साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले दशैं बजारबाट सामान खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।