शनिबार, वैशाख ८, २०८१

आजबाट दसैं सुरु, घटनास्थापनको साइत १०ः३५ मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ । 

आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने दसैँ पर्व दशमीका दिनसम्म विभिन्न धार्मिक अनुष्ठानबाट सञ्चालन गरिन्छ। शरद् ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई शारदीय नवरात्र पनि भनिन्छ। नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको पहिलो दिन प्रतिपदा, घटस्थापना वा दुर्गा थाप्ने दिन हो । 

घटस्थापनाका लागि कोट, मन्दिर वा पूजाकोठामा गोबर माटोले लिपपोत गरी पूजावेदी तयार पारिन्छ। घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाका क्रममा दियो, कलश, गणेशसहित गाईको गहुँतमा भिजाइएको जौ ईशान कोणमा तयार पारिएको वेदीमा छरिन्छ। ईशान कलश वा मध्यभागमा देवीको मूर्ति वा प्रतिमा राखी प्राणप्रतिष्ठासहित भक्तिभावका साथ नौदिने अनुष्ठान सुरु गरिन्छ। 

पहिलो दिन विधिपूर्वक शैल पर्वतकी पुत्री पार्वतीलाई शैलपुत्रीका नामबाट पूजा गरिन्छ। कन्या पूजनका रुपमा साक्षात् दुर्गा स्वरुपा मान्दै दुई वर्षले युक्त भएकी कौमारी (कुमारी) को पूजाका साथ दुर्गासप्तशती चण्डी पाठ गरी प्रथम दिनको उपासना पूरा गर्ने परम्परा रहेको छ ।

सनातन  संस्कृतिमा दैवी शक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको उषाकालदेखि नै सुरु भएको पाइन्छ। अहमखिलम् जगतू ( यो सारा संसारको सृष्टिकारिका म नै हूँ भन्ने स्वयं देवीको वचन छ। 

सृष्टिमा पनि आद्य सृष्टिकी कारण भएकी जगदम्बा जगत्की आमालाई वेदादि ग्रन्थमा ब्राह्मी, गायत्री, सावित्री आदिका नामले सम्बोधन गरेको देखिन्छ। वैदिककाल, उपनिषद्काल, पौराणिककाल हुँदै अविच्छिन्न रुपमा अगाडि बढिरहेको उपासना पद्धति पौराणिक कालमा आएर देवीभागवत र मार्कण्डेय पुराणमार्फत अरु मौलाएको देखिन्छ।

नेपाल आदिम कालदेखि नै देवभूमिका नामले परिचित छ। स्वयं प्राकाट्य शक्तिपीठ तथा वैदिक र तान्त्रिक पद्धतिबाट स्थापित भएका सिद्ध पीठका कारण नेपाल सिद्धभूमि र तपोभूमि हो। 

सती, पार्वती, सीता, गुह्येश्वरी लगायतका देवीहरूको शक्तिकेन्द्र भएकोले प्रत्येक नेपालीले पारिवारिक कल्याणका साथै शक्ति सञ्चय र राष्ट्रकल्याणका लागि राष्ट्रले राष्ट्रिय पर्वका रुपमा मनाउँदछ। स्वदेश तथा विदेशमा छरिएर रहेका आ-आफ्ना कुल-कुटुम्ब, नाल-नातासहितको अपूर्व मिलन हो सामाजिक पर्व दसैं। 

शक्तिसँग एकाकार हुने अनुष्ठान हो विजया दशमी। वर्षा-अतिवर्षा, मेघ गर्जना, भूस्खलनका कारण आक्रान्त बनेकी शक्तिस्वरुपा वसुन्धरा र पृथ्वीको उपासना हो दशमी। आसुरी शक्तिलाई दैवीशक्तिले पराजित गरेको पर्व हो शारदीय दसैं। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।