शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजाको वक्तव्य भरतमोहनले लेखेका हुन् : नेता नेपाल

पूर्वराजाको वक्तव्य भरतमोहनले लेखेका हुन् : नेता नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेका नेता भरतमोहन अधिकारीले लेखेर दिएको बताएका छन्।

२०६२/०६३ को आन्दोलनपछि ०६३ वैशाख ११ मा जारी गरेको विज्ञप्तिको ड्राफ्ट लेख्ने काम पूर्व अर्थमन्त्रीसमेत रहेका स्व. अधिकारी गरेको वरिष्ठ नेता नेपालले बताए।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौँ। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरू र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेबाहेक राजाले सबै हामीले लेखेर दिएको पढे। बास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो।’ 

नेपालले अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने पनि बताए। 

२०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट र्पुयाएको चर्चा गर्दै नेता नेपालले भने, ‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन। सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो।’

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।