बिहीबार, वैशाख ६, २०८१

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र सिंगापुर भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज (शनिबार) नेपालले आयोजक सिंगापुरको सामना गर्दै छ। पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसँग पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो। 

खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ। नेपालले सिंगापुरसँग दुई महिनाअघि उसैको घरेलु मैदानमा भएको आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलेको थियो। जसमा नेपाल पराजित भएको थियो। त्यसैले नेपाललाई उक्त हारको बदला लिने अवसर समेत रहेको छ। 

एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो। जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो। यता घरेलु टौली सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ। 

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ। जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ। सिरिजको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ५ विकेटले पराजित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।