शनिबार, वैशाख ८, २०८१

त्रिकोणात्मक सिरिज : नेपाल जिम्बाब्वेसँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र जिक्बाब्वेसँग पराजति भएको छ।

शुक्रबार साँझ सकिएको खेलमा नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.१ ओभरमा मात्र ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो।

खराव सुरुवात गरेको जिम्बाब्वेका लागि रायन ब्रुल र रिचमण्ड मुटुम्बमीले उत्कृष्ट प्रदर्शन गरे। 

दशौँ ओभरसम्म ५ विकेट गुमाएर ६४ रनको स्थितिमा रहेको जिम्बाब्वेको पारी ब्रल र रिचमण्डले उकासेका थिए। 

रिचमण्ड ४० रनमा अविजित रहे। उनले २८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन्। त्यस्तै ब्रुलले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे।

ब्रियन चारीले १९, टिमिसेन मरुमाले १२ रन जोड्दा अन्य तीन खेलाडी भने शुन्य रनमा पराजित भएका थिए। 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा मात्र १५ रन खर्चदै तीन विकेट लिएका हुन्। 

त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिए। 

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो। 

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरी बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। उनले ३३ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ४० रन जोडेका थिए। 

त्यस्तै कप्तान पारस खड्काले १८, सन्दीप जोराले १७ रन जोडे। विनोद भण्डारी ११ र सोमपाल कामी २५ रनमा अविजित रहे। अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन्। 

खराव सुरुवात गरेको नेपालले ७.३ ओभरमा सुरुवाती तीन विकेट गुमाएको थियो। दोस्रो ओभरको अन्तिम बलमा ओपनर इसान पाण्डेलाई गुमाएको नेपालले टोलीको ३२ रना पुग्दा ६.४ ओभरमा आरिफ सेखलाई गुमाएको थियो। 

तेस्रो विकेटको रुपमा टोलीको ३८ रन पुग्दा कप्तान पारस पेभिलियन फर्किए। 

नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वेका लागि सेन विलियन्सल दुई तथा रायन ब्रुल, नेभिल्स मड्जीभा, टेन्डै छतरा र बेलिङटन मासाकाड्जाले समान एक एक विकेट लिए।

यस पराजयसँगै नेपाली सिनियर क्रिकेट टोलीले टेस्ट राष्ट्रसँगको हारलाई निरन्तराता दिएको छ। 

हालसम्म नेपाली सिनियर टोलीले यस फम्र्याटको प्रतियोगितामा टेस्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन्। 

नेपालले पहिलो पटक विश्वकप २०१४ मा टेस्ट राष्ट्र बंगलादेशसँग टी–२० खेल खेलेको थियो। 

तर, उक्त खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। नेपालले उमेर समूहमा भने टेस्ट राष्ट्रलाई पराजित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।