शुक्रबार, वैशाख ७, २०८१

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा- गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ। 

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिनसक्ने व्यवस्थाअनुसार विभिन्न पक्षको मागअनुसार बिदाको निर्णय गरिएको उनको भनाइ छ। 

मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य : गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमीन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए।

त्यसैगरी जनजागृति माध्यमिक विद्यालयमा गाभिएको पोखरा–१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमीन प्रदेशको सूचना प्रविधि उद्यान निर्माणका लागि उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा पर्वत मोदी गाउँपालिकाका जुद्धबहादुर गुरुङलाई सहसचिव सरह सेवा सुविधा हुने गरी पर्यटन वर्ष सन् २०१९ देखि २०२२ सम्म कार्य सञ्चालनका लागि संयोजक नियुक्त गर्ने निर्णय गरिएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।